ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।

‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

अहिले प्रचण्ड र माधव नेपालले आफैंले गरेको हर्कतको परिणाम भोगिरहेको मुख्यमन्त्री पोखरेलले बताए । टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पुर्‍याइदिएको बताउँदै पोखरेलले भने, ‘तपाईंले जे हर्कत गर्नुभयो, त्यो अहिले भोग्दै हुनुहुन्छ ।’

नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र नै भएको उनले बताए । ‘तपाईंलाई इतिहासले कहिल्यै माफी गर्ने छैन’, पोखरेलले भने ।

प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको बताउँदै पोखरेलले भने, ‘अहिले पनि नेपाली जनताको बीचमा तपाईंहरु भन्दा अग्लो हैसियतमा हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...