माधव नेपालबिरुद्धको मुद्दाको सुनुवाई हुँदै
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बिरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको आज सुनुवाइ हुँदैछ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर नगरेको बिषयमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलेले २०७६ माघ २२ मा दर्ता गरेको रिटको सुनुवाई १ बर्षदेखि अग्राधिकारमा राखिएको छ । तर टुंगिएको छैन । आज पनि उक्त मुद्दा ५ नम्बरमा छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको इजलासमा सुनुवाइका लागि राखिएको छ । सर्वोच्च मा दिनमा साँढे ३ घन्टा मुद्दाको सुनुवाइ हुन्छ । ११ बजेदेखि सुनुवाइ सुरु हुन्छ । बीचमा १ घन्टा ब्रेक हुन्छ । साढे तीन बजेबाट सुनुवाइ हुँदैन । ४ बजे कार्यालय बिदा हुन्छ । तसर्थ चौथो नम्बरका मुद्दा पनि सुनुवाइ नसकिने हुनाले माधव नेपालबिरुद्धको मुद्दाको पालो आज आउने संभावना कम छ ।


