अविश्वास प्रस्तावलाई सभामुखले किर्ते गरे : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले तीन सय १५ वटा बैठक गरेको बताएका छन् । nकाठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक भएको आरोप लगाए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले किर्ते काम गरेको आरोप लगाए । सभामुदले संसद विघटन भइसकेको अवस्थामा अविश्वास प्रस्तावलाई समय किर्ते गरेर दर्ता गराएको उनले आरोप लगाए ।

ओलीले भने– मैले आजमात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको के रे ? (अर्याल) होटलमा उहाँहरुले ३१५ वटा बैठक गर्नुभएछ । ओलीले प्रचण्ड–माधव पक्षले जमघट भएका ठाउँमा मान्छे भेट्यो कि सही गराउँदै, पछि त्यसको माथि केपी ओली हटाउने व्यहोरा लेखेर टाँस्ने गरेको आरोप लगाए । महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...