सर्लाहीका प्रहरी प्रमुखले नै मन्त्री साहविरुद्ध षड्यन्त्र गरेको खुलासा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेपाल–प्रचण्ड) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा सर्लाहीका प्रहरी प्रमुखले नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहविरुद्ध षड्यन्त्र गरेको खुलासा भएको छ ।

शनिवार मन्त्री साह रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवनमा उनको गाडीसंग झुक्किएर लड्न पुगेछन । यस विषयमा विस्तृतमा बुझ्दै जादा यसमा सर्लाहीका एसपी सन्तोष सिंह राठौरको यसमा षड्यन्त्र रहेको खुल्न आएको छ ।

सर्लाही प्रहरी स्रोतका अनुसार एसपी राठौरले सर्लाही प्रवेश गरेपछि मन्त्री साहको गाडीलाई स्कर्टिङ पठाएनन् । बागमती देखि लालबन्दीसम्म गाडीलाई स्कर्टिङ दिइएको थिएन । हरिवनमा एक जना यात्रु मन्त्री साहको गाडी तर्फ दगुरेर आए अनि गाडीसंग झुकÞिएर लड्न पुगेका रहेछन् ।

तर लगत्तै उक्त मान्छे उठेर त्यहाँबाट हिडिसकेपछी मन्त्री साह त्यहाँबाट गएको सिसिटिभीबाट देखिन्छ । तर प्रहरीले भ्रामक अभिव्यक्ति दिएर एवं सिसिटिभीको आधा भिडियो काटेर बाहिर ल्याएपछी अन्य मिडिया भ्रमित हुन पुगेछन् । जबकी उक्त गतिविधि हुँदै गर्दा एसपी राठौर सम्पूर्ण गतिविधिबारे जानकार नै थिए ।

सर्लाही प्रहरी स्रोतका अनुसार हालका एसपी सन्तोष सिंह राठौर पहिला प्रचण्डको अंगरक्षक भएको र उनी निरन्तर प्रचण्डको इशारा मात्र काम गर्ने गरेका छन् । एसपीले स्कर्टिङ रोक्नु र यात्रु जानी जानी गाडीतर्फ आउनु र सामान्य बिषयलाई अतिरंजित ढंगले बकतब्य दिनु प्रचण्डको ग्रान्ड डिजाइन रहेको खुल्न आएको छ ।

मधेशमा लोकप्रिय मन्त्री साह पछिल्लो दिनमा पार्टीको भेलाहरुमा सहभागी हुन प्रदेश २ मा छन् । भ्रमणको क्रममा घटना गरेर बदनाम गर्ने नियतले प्रचण्डले यस्तो गरेको आरोप सामाजिक संजालदेखि स्थानीयस्तर सम्म लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...