हामीसँग सही नीति र नेतृत्व छ : मन्त्री थापा



हाम्रो इकोनोमि

 

नेकपा विभाजनपछि मदन भण्डारीलाई सम्झिने र उनको विरासतको वास्तविक हकदार को भन्ने प्रतिस्पर्धा तत्कालिन एमालेहरुबीच चलिरहेका बेला तत्कालिन माओवादीका नेताहरु पनि मदन भण्डारीको योगदान सम्झिने प्रतिस्पर्धामा छन् ।

यसअघि प्रचण्डले पटक पटक मदन भण्डारीको प्रसंग भाषणमा ल्याउने गर्थे । तर शनिवार तत्कालिन माओवादी जनयुद्धका एक कमाण्डर रामवहादुर थापा बादलले पनि मदन भण्डारीलाई सम्झिए ।

ओली पक्षीय नेकपाले काठमाडौंको कमलादीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले पार्टीलाई र देशलाई नेतृत्व दिन सही बिचार,सही नीति र सही कार्यक्रम चाहिन्छ भन्दै मदन भण्डारीलाई सम्झिएका हुन् ।

अधिकांश पूर्व एमालेको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै बादलले भने–कमरेड मदन भण्डारीले सही विचार,सही नीति र नेतृत्वको छनौटले सफलता निश्चित गर्छ भन्नुभएको थियो । यो कुनै कितावमा छैन,माक्र्सवादका ठेलीमा छैन ।

बादलले सम्बृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न अहिले सही नीति र नेतृत्वमा सरकार अघि बढेका बेला नेकपाको एउटा गुट पार्टीबाट अलग भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...