नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी भैरहेको बिषेश स्रोतको दाबी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो पक्ष आफूलाई दाबी गरेका उपाध्यक्ष बामदेव गौतमले एकीकरणलाई जोगाउने अभियान पनि थालेका छन्।

देशव्यापी रुपमा उनले आफूनिकट र आफ्नो मतमा सहमति जनाउने नेकपा नेता कार्यकर्तासँग अनौपचारिक छलफल थालेका हुन्। विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल बराबर दोषी रहेको उनको ठम्याई छ।

कम्युनिस्ट पार्टी विभाजनको पीडा आफूले बुझेको बताउँदै नमिलेको खण्डमा देशव्यापी रुपमा गौतमले जनताको बहुदलीय जनवादको नारालाई बलियो बनाउने तयारी पनि गरेका छन्। उनले सम्भवतः निर्वाचन आयोगमा दर्ता रहेको नेकपा एमालेलाई ब्युँताउने तयारी गरेका छन्।

निर्वाचन आयोगले नेकपाको आधिकारिकता ओली पक्षलाई दिएको खण्डमा प्रचण्ड पक्षले नेकपा एमालेको छातामा जाने निर्णय गरेको छैन। प्रचण्ड पक्षले नेकपाको आधिकारिकता पाए पनि ओली पक्षले एमाले लैजान नसक्ने भएपछि गौतमले यस्तो तयारी थालेकोस्रोतले जनाएको छ।

यदि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेको अवस्थामा भने दुई पक्षमा मात्र नेकपा विभाजन नभएर गौतमको अर्को समूह पनि बन्ने उनले बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...