वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु : मन्त्री आले



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् । शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’  मन्त्री आलेले प्रचण्ड-नेपाल समहूका नेताहरुलाई पुनः फर्किएर आउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री आलेले  भन्नुभयो–‘प्रधानमन्त्री ओली राजनेता हुन्, उहाँबाट अलग्गिएर पुग्ने अर्को ठाउँ छैन्, पुनः फर्केर आउनुस्, एकढिक्का भएर फेरि निर्वाचनमा जाऔं।’

मन्त्री नियक्त भएपछि पहिलो पटक डोटी पुगेका मन्त्री मगरको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अहिलेसम्म देश विकासका लागि कसैले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेको बताउनु भयो।

‘मलाई प्रधानमन्त्रीले विश्वास गरेर यो मन्त्रालय दिएका छन्, कदापि देश र जनताको शिर निहुर्याउने काम मबाट हुनेछैन, छोटो समयमा पनि अहिलेसम्मकै उत्कृष्ट काम गरी देखाउँछु, -मन्त्री मगरले भन्नुभयो । दुई वर्षको काम पाँच महिनामा गर्ने ताकत बोकेर आएको मन्त्ती मगरले जिकिर गर्नुभयाे ।

प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले लगाएका विभिन्न आरोपका विषयमा कटाक्ष गर्दै मन्त्री मगरले अब रावलका दिन समाप्त भइसकेको बताउनुभयो । ‘

भीम रावल कुर्सीबाट रोड पुगेको मन्त्ती मगरको भनाइ थियो। आफू सत्ता बाहिर हुँदा राष्ट्रियताका ठूला कुरा गर्ने र पदमा रहँदा चुँइक्क नबोल्ने रावलको अब काम नरहेको उहाँको दावी थियो ।

पटक पटक सत्तामा पुगेर ठूलो नेता हुँ भन्ने भीम रावलले सुदूरपश्चिमका लागि अहिलेसम्म के गरे ? भन्दै प्रश्नसमेत गर्नुभयो । रावलले दशलाख बजेट हाल्न नसकेको ठाउँमा आफूले करोडौं रुपैंयाँ  बजेट विनयोजन गर्न लगाई काम अघि बढाएको बताउनु भयो। आफूलाई सुदूरपश्चिम इन्चार्ज हुँ भन्नेले नेकपाको बैंक खाताबाट ३३ लाख रुपैयाँ चोरेर लैजाने काम बाहेक रावलले अन्य केही गर्न नसकेको आरोप मन्त्री मगरले लगाउनु भयो ।

‘समय जतिसुकै होस्, आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न विकृति विसंगति हटाउँदै सिंगो देश र सुदुरपश्चिम प्रदेशको स्मृद्धिका लागि अहिलेसम्मकै नमुना काम गरेर देखाउँछु, मन्त्री आलमगरले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...