ओरालो लागेको प्रचण्डको पछि नलाग्ने वामदेव गौतमको घोषणा



हाम्रो इकोनोमि

 

राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समुहमा आफु सहभागी नहुने घोषणा गर्नुभएको छ । शुक्रबार विहान पुष्पकमल दाहाल प्रचण्ड निवासमा दुई नेताबीच भएको भेटमा उहाले आफु यो समुहमा नआउने स्पष्ट पारिदिनु भएको हो ।

शुक्रबार विहान साढे नौ बजे बामदेव गौतम प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुग्नु भएको थियो । भेटमा प्रचण्डले विगतमा पनि साथ दिएकाले आफ्नो समुहमा आउन आग्रह गर्नुभएको थियो । तर, गौतमले आफु अझै पनि पार्टी एकताको पक्षमा रहेकाले त्यसैमा आउन प्रचण्डसँग आग्रह गर्नुभयो ।
देशलाई नेकपाको अझै पनि खाचो रहेको औल्याउदै उहाले प्रचण्डलाई तपाईका स्वार्थ देशका लागि थाति राखेर एकतामा आउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्डले आफुहरु धेरै अगाडी बढि सकेको र अब आफुहरुले भने अनुसार नै देश चल्ने भएको भन्दै गौतमलाई फकाउन खोज्नु भएको थियो ।

विहान खुमलटार पुग्नु भएका गौतम दिउसो भने राष्ट्रिय सभा बैठकमा पहिलो पटक सहभागी हुन संघीय संसद भवन आइपुग्नु भएको थियो । त्यहा संचारकर्मीसँग कुरा गर्दै उहाले भन्नुभयो, ‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो । दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन् ।’

उहाले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...