दुवै नेकपालाई एक साताभित्र दावी पेश गर्न निर्वाचन आयोगको पत्र



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले विभाजित नेकपाका दुवै पक्षलाई आ–आफ्नो आधिकारिकता पुष्टि हुने गरी आवश्यक कागजात र दावी पेश गर्न पत्राचार गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले दुवै पक्षले मागेको कुरा औपचारिक रुपमा आयोगलाई उपलब्ध गराउन भनेर पत्राचार गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले  बताए ।

थपलियाले भने– उहाँहरुले पार्टीको निर्णय भनेर पठाउनुभएको छ । हिजो हामीले निर्णय गरेर दुवै पक्षलाई उहाँहरुले हामीलाई पत्रमा मागेको कुरा औपचारिक रुपमा एक साताभित्र दिनुस् भनेर मागेका छौं । आयोगले कानुनबमोजिम गर्ने हो । यसमा अरु कुरा केही छैन ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए । अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो । जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नुपर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ ।

नेकपाका दुवै पक्षले केन्द्रीय कमिटीको निर्णय आयोगमा पठाएका छन् । प्रधानमन्त्री केपी ओली अध्यक्ष र महासचिव पौडेल रहेको कमिटीले समयमा महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै १ हजार ९९ सदस्यीय कमिटी पुनर्गठनको पत्र आयोगमा पुस ७ गते पठाएको थियो ।

सोही दिन बसेको प्रचण्ड अध्यक्ष रहेको बैठकले पनि ओलीलाई अध्यक्षबाट हटाएको निर्णय आयोगमा पठाएको थियो । आयोगमा प्रचण्ड–माधव नेपाल पक्षले साबिक केन्द्रीय कमिटीको बहुमत सदस्यको हस्ताक्षरसमेत निर्वाचन आयोगमा बुझाई आधिकारिकता मागेको छ । दुवै पक्षले आधिकारिक नेकपा आफू भएको दावी गरेपछि आयोगले पुष्टि हुने कागजात मागेको हो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...