संविधनअनुसार नै संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री ओलीले संविधनअनुसार संसद विघटन गरेको बताउनु भएको छ । उहाँहरु हल्ला गरिरहनु भएको छ कराएर । संसद पुनःस्थापना हुन्छ । संसद पुनःस्थापना संविधानले मिल्दैन । संविधानले मिल्ने भए पुनःस्थापना हुन्थ्यो । संविधानले मिल्दैन । ६४ प्रतिशत बहुमत भएको सर्वसम्मत बहुमतको नेताले अहिले विघटन भएपछि को कता छ, के छ, त्यो बेग्लै कुरा होला । जतिबेला मैले विघटनको सिफारिस गरेँ, त्यतिबेला संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म । त्यस हैसियतले मैले सिफारिस गरेको छु, विघटनको ।

अब बाँकी ३६ प्रतिशतमा विकल्प बन्छ ? विकल्प भनेको बहुमत चाहिन्छ । विकल्प भनेको ५२ प्रतिशत चाहिन्छ त्यहाँ । ५१ प्रतिशतबिना सरकार बन्दैन । सरकार बन्ने विकल्प छैन भने संसद पुनःस्थापना के का लागि हुन्छ ? अस्थिरताका लागि ? तमासाका लागि हुन्छ ? संसद पुनःस्थापनाको सम्भावना छैन ।

कतिले भन्छन् फेरि,संविधानमा विघटनको कुरै लेखेका छैनन् । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नेछ र नयाँ निर्वाचनका लागि मिति तोक्ने छ । नयाँ मिति तोक्ने कुरा राष्ट्रपतिले तोक्ने त्यसमा व्यवस्था छ

पाँच वर्ष अगाडि संसद विघटन हुनै सक्दैन भन्नुहुन्छ उहाँहरु । धारा ८५ ले भन्छ, अगावै विघटन भएमा बाहेक संसदको अवधि ५ वर्षको रहनेछ । अनि राजनीतिक आग्रह देखाएर हुन्छ ? संविधानमा के व्यवस्था छ हेर्नुपर्यो । दुनियाँको अभ्यास के छ हेर्नुप¥यो । बेलायतमा लिखित संविधान छैन । तर, अस्ति भर्खर संसद विघटन भयो, निर्वाचन भयो । निर्वाचन हुँदैन ? संसदीय प्रणालीमा प्रधानमन्त्रीको प्रेरोगेटिभको प्रणाली ।

अब चुनाव हुँदैन, के न हुन्छ, बर्बाद हुन्छ, संविधान जान्छ, व्यवस्था जान्छ, गणतन्त्र जान्छ । तपाईंहरु भन्नुस् त के संविधान जान्छ, चुनाव गर्दा ? चुनाव गर्दा गणतन्त्र जान्छ ? चुनाव गर्दा लोकतन्त्र जान्छ ? केही पनि जाँदैन । चुनाव गर्दा लोकतन्त्र मजबुत हुन्छ । जनताले आफ्नो ताजा फैसला दिन्छन् । र, साथीहरुलाई म भन्न चाहन्छु, तपाईंहरु ढुक्कले यो देशलाई अन्धकारमा पर्न नदिने, अल्मलमा फस्न नदिने शक्ति हामी हौं । हामीले अलमलमा फस्न दिनु हुँदैन ।

म तपाईंहरुलाई भन्न चाहन्छु, हामी नभएको भए संविधान बन्दैनथ्यो । तपाईं हामीले देखेका छैनौं ? कसरी हामी अडिनु परेको थियो, कसरी हामीले अरुलाई अडाउनु परेको थियो । यदि हामी नभएको भए नाकाबन्दीको सामना डटेर कसले गर्न सक्थ्यो ? कसैले पनि गर्न सक्दैन्थे ।
नेपाल एउटा सार्वभौम सम्पन्न, स्वतन्त्र राष्ट्र तर यो देश एउटा देशबाट घेरिएको थियो भूपरिवेष्ठितका नाममा । अर्कोतिर पनि छिमेकी छन्, त्यतातिरबाट पनि बाटो खोल्न सकिन्छ । त्यताका बन्दरगाह प्रयोग गर्न सकिन्छ । त्यताबाट पनि समुन्द्रमा जान सकिन्छ । विश्वसँगको जमिन मार्फतको सम्बन्ध हाम्रो त्यताबाट पनि हुन सक्छ । हामी नहुँदा त्यो काम..इतिहासमा नेपाल यहीँ थियो ।

चीन त्यही थियो । भारत त्यही थियो । नेपाल यहीँ छ, चीन त्यही छ । तर, किन पारवहन र यातायातको सम्झौता किन भएन ? चीनतिरबाट नाका किन खोलिएन ? उत्तरमा अनिकाल पर्छ, अनेक समस्याहरु आइपर्छन, चीनको बाटो प्रयोग गर्ने सम्झौता किन गरिएन ? त्यसका लागि देशको स्वाभिमानलाई, देशको स्वाधीनतालाई, देशको स्वतन्त्रतालाई सम्मान गर्ने र प्रयोग गर्ने आँट ती कुराहरु चाहिन्छ । हामीले नै ती काम ग¥यौं ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...