प्रदेश २ को सरकार पनि खतरामा



हाम्रो इकोनोमि

 

 

विभाजित नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दल विभाजनको तयारी थालेको छ । त्यसका लागि दलका नेता सत्यनारायण मण्डललाई हटाउन लागिएको एक नेताले बताए । मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको प्रचण्ड–माधव समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको उनले बताए ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् । आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोले दावी गरे । उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । अब गलत गर्ने सांसदहरुलाई पनि कारबाही अगाडि बढाउँछौं ।’ दुई दिनअघि मात्र ओली पक्षले पूर्व माओवादीका ६ सांसद आफ्नो पक्षमा लागेको दावी गरेको थियो । तर सांसद महतो भन्छन्, ‘तीन पूर्व माओवादीका सांसद मात्र ओलीतिर खुलेका छन् । तीन जना तटस्थ छन् । उनीहरु हाम्रो सम्पर्कमा छन् ।’

नेकपा प्रचण्ड–माधव समूहले आज बिहान पत्रकार सम्मेलन गरी पुस १८ गतेदेखि २४ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकबाट आन्दोलन गर्न नेकपा प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ । यस्तै पुस २५ मा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना सिरहाको बस्तिपुरमा गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...