बालकृष्ण ढुंगेलले छोडे प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभक्त भएपछि त्यसबेला नेकपा माओवादीका नेताका रुपमा रहेका डा. बाबुराम भट्टराई पक्षमा रहेका बालकृष्ण ढुंगेलले राजनीतिक ‘युटर्न’ लिएका छन्।

नेकपाको औपचारिक घोषणा भएको छैन। तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथमा रहेका कतिपय प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा खुलेर उभिएका छन्। उनीहरू प्रचण्डले राजनीतिक बेइमानी गरेको बताउँछन्।

भट्टराई पक्षमा रहेका टोपबहादुर रायमाझी, प्रभु साहलगायतले नेकपा एकीकरण हुँदाका बेलासम्म प्रचण्डको साथ छाडेनन्। तर यतिबेला भने उनीहरू ओलीको कित्तामा उभिन पुगेका छन्। ‘प्रचण्डले एकीकरणको मर्मलाई नबुझी नेतृत्व हत्याउने प्रयत्न मात्र गरे, उनको यो बेइमानीलाई साथ दिन सकिएन’, ढुंगेलले आफूनिकटका नेतालाई भन्ने गरेका छन्,‘अब ओलीको नेतृत्वमा नै विकासका लागि आगामी राजनीतिमा सक्रिय हुनुपर्छ।’

उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणले उनलाई पेलेको थियो। अदालत र न्यायाधीशमाथि पनि खरो भाषणबाजी गरेका उनी भर्खरै सर्वस्वसहित जन्मकैदबाट उन्मुक्ति पाएर खुला राजनीतिमा फर्किएका छन्। ‘जेलबाट निकाल्ने पनि प्रचण्ड होइनन्, ओलीकै चाहनाका आधारमा सजायमा छुट भयो’, उनले भन्ने गरेका छन्।

उनी ओली पक्षमा केन्द्रीय सदस्य छन्। पूर्वमाओवादी पक्षको ठूलो टिमलाई ढुंगेलले ओलीका पक्षमा उतार्ने तयारी गरेका छन्। रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्ट, मणि थापालगायतका क्रान्तिकरी नेता पनि ओलीको कदममा साथ दिनु नै क्रान्तिकारीताको प्रमाण रहेको ढुंगेलको बुझाई छ।

‘सरकार अस्थिर राख्ने र देशविरोधीको चालबाजीमा प्रचण्डले काम गरेको ठम्याई थियो, उनको विकल्प थिएन ओली विकल्प भएपछि उनलाई छाड्नेको लाम लाग्छ’, नेकपाका एक केन्द्रीय सदस्यले भने,‘यसैको परिणाममा ढुंगेलको युटर्न पनि भएको हो।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...