अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसद निलम्बन



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १५ सांसदलाई निलम्बन गरेका छन् ।

स्पष्टीकरणको चितोबुझ्दो जवाफ निदएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन्। निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव पक्षका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती सांसदलाई मुख्यमन्त्री रार्इले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका कारणसहित प्रष्टीकरण सोधका थिए।

प्रष्टीकरण सोधिएका १९ मध्य १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।चार जना सांसदले भने प्रष्टीकरणको जवाफ फर्काएका थिए । लिखित जावाफ दिएको भन्दै मुख्यमन्त्री राईले सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईमाथि भने कुनै कारबाही गरेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...