जेठमा एसईई गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’ नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

रजिस्ट्रेसन फाराम खुल्यो

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ । विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...