सूर्य चिन्हको मत लुटेर छोरी जिताउनेलाई सूर्य किन चाहियो : महेश बस्नेत



हाम्रो इकोनोमि

 

प्रचण्ड–माधव नेपाल पक्षले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा प्रदर्शन गरिरहेका बेला बाँकेमा ओलीको पक्षमा युवाले प्रदर्शन गरेका छन् । ओली नेतृत्वको नेकपामा आबद्ध युवाहरुले मोटरसाइकल र्‍यालीसहित ‘केपी ओली जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

नेकपा नेता महेश बस्नेतको स्वागतमा विमानस्थल पुगेका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको पक्षमा प्रदर्शन गरेका हुन् । सुर्खेतबाट नेपालगन्ज पुगेका बस्नेतले कोहलपुरमा आयोजित युवा भेलालाई सम्बोधन गरेका छन् ।

बस्नेतले निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै सूर्य चिन्हमा प्रचण्डले आँखा चम्काउनु हास्यास्पद रहेको बताए । उनले हिजो सूर्य चिन्हमा खसेको मतपत्र च्यात्ने र सूर्य चिन्ह लिएर चुनाव लड्ने सम्झौताबाट भाग्नेहरुले आज सूर्यका लागि मरिहत्ते गरेको बताए ।

बस्नेतले भने–सिरहामा सूर्य चिन्हमा खसेको मतपत्र च्यातेर जित्ने प्रचण्ड, भरतपुरमा सूर्य चिन्हमा खसेको मत लुटेर छोरी जिताउने प्रचण्डलाई आज सूर्य किन चाहियो ?

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...