प्रचण्डले चितवनमा चुनाव नजित्ने कांग्रेसको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस चितवनले नेकपा नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चितवनबाट चुनाव नचित्ने दाबी गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले केन्द्रको निर्देशन अनुसार जिल्लाको तीन वटै क्षेत्रमा आज सोमबार विरोध प्रदर्शन गर्ने क्रममा यस्तो दाबी गरेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनबाट अब प्रचण्डले निर्वाचन नजित्ने दाबी गरेका हुन् । उनले यसअघिको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्काएर भरतपुर महानगरको मेयरमा प्रचण्डले आफ्नी छोरीलाई जिताएको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा उनले आपत्ति जनाएका छन् । कम्युनिष्टबाट लोकतन्त्र धरापमा परेको भन्दै उनले त्यसको रक्षा कांग्रेसले गर्ने बताउँदै सभापति श्रेष्ठले भने, ‘प्रचण्डको चितवनमा हैसियत सकिएको छ । आगामी चुनावमा उनको हार निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...