प्रधानमन्त्रीको सपना साकार बनाउछु : मन्त्री आले



हाम्रो इकोनोमि

 

माननिय बन तथा वातावरण मन्त्री श्री प्रेम बहादुर आले ज्यू ले आज मन्त्रालय मा गएर पदबहालि गर्नु भएको छ । पदबहालि गदै बहाँले पहिलो निर्णय अथिक अनुशासन, मितव्ययिता र बेरुजु फर्चोटको कार्यान्वयन गर्ने निर्णय गर्नु भएको छ । वहाँले बिकासका आयोजनाहरुलाई तिव्रता दिने हाल रुखका कारणले आयोजना निर्माणमा भएको गतिरोध हटाउन एैन संसोधन गर्ने कुरामा जोड दिएका छा ।

बाहिरी देशबाट भएको काठको आयातलाई बिस्थापन गर्ने र स्वदेशी काठ उत्पादनलाई प्रोत्साहन दिनेपनि बताउनु भएको छ । सम्माननिय प्रधानमन्त्री ज्युको सपना समृद्ध नेलाल, सुखी नेपाली को नारा साकार पार्न कर्मचारी वर्गले दत्तचित्त र आर्थिक अनुशासनको पालना गर्दै काम गर्ने र शुन्य सहनशिलतामा अधारीत भएरअगाडी बढने पनि बताउनु भएको छ । हरीयो वन नेपालको धन भन्ने नाराको मुल मर्म अनुसार काम गर्नेपनि बताउनु भएको छ । आफुले लोभ र लालच नगर्ने र पवित्र भावनाले देशको सेवा गर्ने बताउनु भएको छ ।

साथै मन्त्री आलेले प्रधानमन्त्रीको कदमलाई ‘बाध्यात्मक भनेका छन । हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै वहाँले प्रधानमन्त्रीको उक्त कदमलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रको उपज भएको बताएका छन ।

कुराकानीमा वहाँले निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नुपरेको बताउनुभयो । संसद विघटनको कदमलाई वहाँले निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा हेर्नु भएको बताउनु भएको छ ।

मन्त्री आलेले थप्नु भो जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरु लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकांक्षा विपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापहरुकै कारण यो स्थिति उत्पन्न भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...