प्रचण्डले राखेका सम्पादकले अफवाह फैलाए : महेश बस्नेत



हाम्रो इकोनोमि

 

नेकपाका प्रखर नेता महेश बस्नेतले प्रचण्डले केही मिडियामा सम्पादक राखेर सरकारविरुद्ध अफवाह फैलाउन लगाएको आरोप लगाउनुभएको छ ।

नेकपाको ललितपुर १ नम्बर क्षेत्रमा शनिवार भएको बृहद भेलामा बोल्दै नेता बस्नेतले प्रचण्डले योजनावद्ध तरिकाले सूचना र प्रविधिमार्फत आफ्ना मान्छे पठाएर फेक समाचार बनाउन लगाएको दावी गर्नुभएको हो ।

‘कमरेड प्रचण्डले केही राष्टिय मिडियामा आफ्नै मान्छे सम्पादक पठाएका छन् । तिनैमार्फत सरकारविरुद्ध समाचार लेखाइरहेका छन् । त्यही समाचार मोवाइलमा हेरेर प्रचण्ड दंग पर्दैछन्,’ बस्नेतको भनाई थियो ।

नेता बस्नेतले सूर्य चिन्हमा आँखा नलगाउन चेतावनीसमेत दिनुभयो कार्यक्रममा प्रमुख अतिथि नेकपाका नेता एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले पदका लागि पार्टी २ तिर पार्न खोजेको भन्दै प्रचण्ड र माधव नेपाललाई केपी ओलीकै नेतृत्वमा फर्कन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...