भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए ।

उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ । ‘जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः समाधान गर्दै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पूर्जा वितरणको काम थालनी गर्ने योजना छ,’ अध्यक्ष ज्ञवालीले भने ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उनले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गरे ।

आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताए । ‘आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ,’ अध्यक्ष ज्ञवालीले भने, ‘आयोगलाई असफल हुने दिइने छैन, यसका लागि कसैले बाधा पुर्याउनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...