ओलीले प्रदेशसभा पनि भंग गर्छन् – प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगसँगको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको भन्ने आफूलाई विश्वास नरहेको बताएका छन् ।शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रुपमा संविधानको पक्षमा फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रचण्डले भने–कमरेड केपी ओलीले सोच्नु भएको होला म जस्तै सबै जालीझेली र सेटिङमै चल्छन् । तर उहाँ त्यस्तो भ्रममा नपरे हुन्छ । हामीले यो प्रतिनिधिसभा विघटन स्वीकार गरेका छैनौं र संसद जीवितै छ ।आफूहरुले ओलीका सामान्य कमजोरी औंल्याउँदा संसदनै विघटन गरिदिएको भन्दै त्यस्तै सनकले प्रदेशसभा पनि भंग गर्न सक्ने बताए । प्रचण्डले भने–उहाँले प्रदेशसभा पनि भंग गर्दिन सक्नुहुन्छ । त्यसपछि उहाँ सम्पूर्ण रुपमा ध्वस्त भएर इतिहासमै कलंकित नहुन्जेल यस्ता कर्म गरिरहनुहुन्छ । यो भनेको उहाँ सफल हुने बाटो होइन ।

प्रचण्डलाई मटियामेट पार्ने मिसनमा ओलीले आफू बस्ने कुर्सीनै हटाइदिएको समेत उनले बताए । उनले माधव नेपालले आफूलाई कुर्सी बोकेर गएर ओलीलाई उता सर्नुस भन्ने आग्रह समेत गरेको सुनाउँदै प्रचण्डले आफू त्यहि दिनबाट सात जनाको लहरमा पुगेको बताए ।प्रचण्डले भने–माधवजीले त म भए कुर्सी बोकेर उता सर्नुस भन्थेँ भन्नुहुन्थ्यो । तर म त लुत्रुक भएर उहाँहरुले जहाँ राख्यो कुर्सी त्यहिँ गएर बसेँ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...