जनतामा जान्छु भन्दा तिमीलेनै चलाऊ भन्न मिल्छ : प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र बहसकर्ता वकीलहरुबीच रोचक सवाल जवाफ चलिरहेका छन् ।

रिट निवेदकको तर्फबाट बहस गर्ने वकीलहरुले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभाा विघटन गर्नु संविधानसम्मत नहुने बताएपछि प्रधानन्यायाधीशले विघटनको व्यवस्था संविधानमै रहेको बताएका छन् ।

इजलासमा बहस सुन्दै गर्दा तत्कालै प्रष्ट हुन खोजेका प्रधानन्यायाधीशले भने– संविधानमा संसद विघटनको व्यवस्था छ । तर त्यसको माध्यम के हो ? यसबारेमा बहस गरौं । यसबारेमा कुरा आवस् ।

अर्को एक प्रसंगमा प्रधानन्याधीश राणाले प्रधानमन्त्रीले ‘अब म सरकार चलाउँदिनँ’ भनेर जनतामा जान्छु भन्दा उसैलाई तिमीलेनै सरकार चलाउ भन्न मिल्छ ? भनेर प्रश्न समेत गरेका छन् ।

राणाले भने– संविधानमा संसद विघटनको सिद्धान्त राखिएको छ । २०४७ सालको संविधानमा पनि थियो । माध्यम के हो त्यो भन्नुस् । निर्वाचन भएर संविधानको धरा ७६ को उपधारा १ बमोजिम सरकार गठन भयो । अब म जनतामा जान्छु भन्यो भने तिमीलेनै अनिवार्य सरकार चलाउ भन्ने हो र ?

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...