मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, को थपिएलान् सात मन्त्री ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद बिस्तारको तयारी रहेको स्रोतले  जानकारी दिएको छ । नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने स्रोतले बतायो ।

२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजिनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल,गिरिराजमणी पोखरेल,योगेश भट्टराई,वर्षमान पुन,शक्ति बस्नेत,रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले क कसलाई मन्त्री बनाउछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।

माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपवहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमानमात्र लगाउन सकिने एक नेताले बताए । अहिले भइरहेका मन्त्रीहरुलाई यथावत राख्ने संकेत प्रधानमन्त्रीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...