प्रतिनिधिसभा विघटनमाथि संवैधानिक इजलासमा सुनुवाई शुरु



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको प्रारम्भिक सुनुवाई संवैधानिक इजलासमा शुरु भएको छ । आज रिट निवेदकहरुको तर्फबाट बहस हुनेछ ।

दुवै पक्षका बहस र राय सुन्नुपर्ने भएकाले सुनुवाई केही दिन लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा शुरु भएको बहसमा भाग लिन बरिष्ठ अधिवक्ताहरु सर्बोच्च अदालत पुगेका छन् ।

आजै विहान प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसीलाई संव्ैधानिक इजलास तोकेका थिए ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो । रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...