पुष्पकमल दाहाल प्रचण्डलाई क–कसले छाडे साथ ?



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिँदै आएका ठूला नेताहरूले एक–एक गरेर छाडेका छन् ।

पार्टी नेतृत्वमा ‘प्रचण्ड’ विगत ३० वर्षभन्दा धेरै समयदेखि छन् । उनलाई साथ दिएका धेरै नेताहरूले ‘कुकुरले हड्डी छाडे जसरी’ छाडिसकेका छन् ।

पार्टीमा सधैँ ‘सुप्रिमो’ भएर बसेका ‘प्रचण्ड’ले आफूलाई साथ दिएका नेताहरूले छाड्नुको कारण कहिल्यै विचार गरेनन् । ‘प्रचण्ड’ले सधैँ तीन ‘प’को राजनीति गरेर अर्थत पद, पैसा र परिवारवादभन्दा बाहिर जान सकेनन् ।

‘प्रचण्ड’ले चाहेको भए नेकपा विभाजन हुने थिए । उनको महत्वकांक्षाकै कारण नेकपा विभाजन भएको आरोप नेताहरूको छ ।प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पनि ‘प्रचण्ड’लाई पद, पैसा र परिवारभन्दा बाहिर जान नसकेका कारण पार्टीमा समस्या आएको बताएका छन् । दुई दिन अगाडि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले ‘प्रचण्ड’ पद, पैसा र परिवारप्रति आसशक्त भएर लाग्ने व्यक्ति भएको आरोप लगाएका थिए ।

सामाजिक सञ्जालहरूमा पनि ‘प्रचण्ड’लाई छाडेका नेताहरूसँगको सम्बन्धाबारेमा प्रश्न उठेका छन् । एकजना पूर्वमाओवादी निकटका पत्रकारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरू सबैले किन एक–एक गरेर ‘सुप्रिमो’लाई छोड्नुभयो होला ? कतै केही कमजोरी पनि थियो कि भनेर सोँच्दा के बिग्रेला र खै ? कसैको दास नबनेर स्वस्थ बहस गरौँ ।’

ती पत्रकारले उठाएको प्रश्न गम्भीर छ । ‘प्रचण्ड’लाई नेता बसेर दास बन्नेहरूले एक पटक विचार गर्ने कि भन्ने विचार तीब्र रुपमा उठेको छ । साँच्चिकै भन्ने हो भने ‘प्रचण्ड’ले आफ्नी छोरी, बुहारी, ज्वाइँ, भाइ आदिलाई विभिन्न ठाउँमा सेटल गरेका छन् । पछिल्लो पटक बुहारी विना मगरलाई मन्त्री बनाएपछि दाहालको सबैभन्दा ठूलो आलोचना भएको थियो ।

‘प्रचण्ड’लाई मोहन बैद्य, बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रबिक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, खड्कबहादुर बिश्वकर्मा, लोकेन्द्र बिष्ट मगर, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, सन्तोष बुढा मगर, विश्वभक्त दुलाल, हिसिला यमी, गोपाल किराती जस्ता हस्तीले चत्रक्कै छाडेका छन् ।

‘प्रचण्ड’लाई छाड्नेहरूको सूची अझै बढ्नेछ । ‘प्रचण्ड’ अन्तिममा एक्लै हुनेछ चर्चा हुन शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...