हामीले कसैलाई हटाएको छैन, फर्केर आउनुस् : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।

बालुवाटारमा जारी आफू नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अध्यक्षबाट निकाल्नु भनेको चेस खेल्ने खेलाडीले हात्ती खाएँ भनेजस्तै हुने बताए ।

बैठकमा ओलीले भने– हाम्रो भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाइयो । संविधान बनाएबापत नाकाबन्दी लाग्यो । नाकाबन्दीको सामना गरेबापत मलाई घेराबन्दीमा पारिएको थियो ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य कसे । उनले प्रचण्ड पक्षका नेताहरुलाई छचन्डाएर हिंड्नुको साटो आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए ।

ओलीले भने– जसले न त कहिल्यै आन्दोलनमा भाग लियो न त जनयुद्ध नै लड्यो । लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी हेर्दै चाल पाइयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...