बादलले भने : मार्चण्ड गुटले पार्टी फुटाउने कसम नै खाएको थियो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादलले मार्चण्ड गुटको पर्दाफास गर्नुभएको छ । उहाँले पार्टी नफुटाउन आफूले पटक–पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताउनुभयो । प्रचण्ड–नेपालले पार्टी फुटाउने कसम नै खाएको उहाँको भनाई छ ।

बालुवाटारमा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिल्न खोजेदेखि टुक्र्याउन खोज्नेहरु सफल हुन खोज्दैछन् र त्यसलाई प्रचण्ड–नेपाल कमरेडहरुले सहयोग गर्नुभयो ।’

उहाँले क्रान्तिको उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिकारीबाट जोगिनुपर्ने बताउनुभयो । ‘प्रतिक्रान्तिलाई सहयोग गर्न हामीभित्रका केही नेताहरुले गुटबन्दी गर्दै चोइटिएर जान खोजेका छन्,’ उहाँले थप्नुभयो,‘हामीले मध्यावधिबाट दुई तिहाइको सदन निर्माण गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...