ओली नेतृत्वको नेकपामा गृहमन्त्री थापा, छोडे प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

तटस्थ बसेका नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले आफूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई साथ दिने अन्तिम तयारीमा छन् ।

प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थापाले आफू निकटका नेताहरूसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई साथ दिन नसकिने जनाएको स्रोतले जनाएको छ । गृहमन्त्री थापाले ओलीलाई साथ दिन लागेको समाचारको उनको सचिवलयले पुष्टि भने गरेको छैन ।

नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले गृहमन्त्री थापासँग ओलीलाई साथ दिएर सँगै जान नसकिने बताएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा खरेलले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएको बताएका छन् ।

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थापाले ओलीलाई साथ दिन लागेको जानकारी पाएको बताएका छन् । केसीले आफू ओलीलाई साथ नदिने बताएका छन् । गृहमन्त्री थापानिकटका नेताद्वय देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड समूहमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...