सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड– नेपाल पक्षले तयारी



हाम्रो इकोनोमि

 

विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ ।

विहान सिनामंगलमा शीर्ष नेताहरुबीचको छलफलपछि पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । अहिले प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

महासचिवका लागि भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, हरिबोल गजुरेल,वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा प्रस्ताव लगेर निर्णय हुनेछ । त्यसका लागि विहान ११ बजे निर्धारित बैठक अपरान्ह १ बजेलाई सरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...