नेपाल कम्युनिष्ट पार्टीको आज सातै प्रदेशमा प्रशिक्षण



हाम्रो इकोनोमि

 

विभाजित नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन प्रदेशगत भेलाहरु गर्दैछ । बुधबार प्रदेश अनुसार काठमाडौंका विभिन्न स्थानमा छुट्टाछुटै हुन लागेका ती भेलालाई विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उप्रमुख सूर्य थापाले जानकारी दिए।
नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण हो,’ थापाले  भने,‘सातवटै प्रदेशबाट नयाँ केन्द्रीय सदस्य बनेकाहरुलाई प्रशिक्षण हो। आफ्नो आफ्नो अनुकुलतामा प्रशिक्षण छन् । सबै प्रदेशका लागि नेताहरु तोकिनु भएको छ।’

ओली पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना नयाँ केन्द्रीय सदस्य थप्दै ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाएको थियो।

नयाँ थपिएका ती ५५६ जनालाई नयाँ परिस्थितबारे ओली पक्षले नेताहरु नै खटाएर प्रशिक्षित गर्न लागेको हो। प्रदेशगत भेलामा प्रशिक्षणका लागि निम्नअनुसारका नेताहरु ताेकिएका छन् ।

१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।

४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।

५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।

६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।

७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...