टोपबहादुर रायमाझी र मणि थापा ओली क्याम्पमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गर्ने तयारी गरेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गरेर उक्त स्थानमा नयाँ सदस्य थप गर्ने ओली पक्षको तयारी छ ।

अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय समितिको बैठकले कारबाही तथा नयाँ सदस्य मनोनयनको निर्णय गर्ने बताइएको छ ।

यद्यपि, नयाँ सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन । बैठकमा नयाँ सदस्यको नामावली प्रस्तुत गर्ने ओली समूहको तयारी छ । त्यसलगत्तै सपथग्रहण पनि हुने बताइएको छ ।

बैठक ९ बजेको लागि बोलाइए पनि अझै शुरु भएको छैन । केन्द्रीय सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ ।

यसैबीच पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी र मणि थापा पनि बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । यसअघि पूर्व माओवादी खेमाका लेखराज भट्ट मात्र ओली पक्षमा खुलेका थिए । रायमाझी र थापा दुवै पक्षका भेला र बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...