प्रचण्ड–ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक



हाम्रो इकोनोमि

 

औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि सुरु हुन सकेको छैन । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ ।

प्रचण्ड पक्षका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले ओलीलाई कारबाही गर्ने निर्णय यसअघि नै स्थायी कमिटीको बैठकबाट भइसकेकाले त्यो निर्णयलाई आजको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताए । संसद विघटन गर्ने निर्णयलगत्तै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...