प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारवाही हुनै नसक्ने बताएका छन् ।

पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्षसरहको व्यक्ति भएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि उनले कारबाही गर्न नसक्ने बताएका हुन् ।

आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पूर्वसांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने दाबी गरेका हुन् ।

पार्टीको अध्यक्ष र संसदीय दलको नेता आफू भएकाले आफूले गरेका निर्णय मात्रै वैधानिक हुने दाबी ओलीको छ ।

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा सचिवालय बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने जिकिर समेत ओलीले गरेको भेलामा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...