राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस



हाम्रो इकोनोमि

 

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् ।

केही दिनअघि बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् ।त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन् ।

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरुमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन् ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई सदस्यमा सिफारिस भएका छन् ।

मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता सिफारिस भएका छन् ।थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी सिफारिस भएका छन् । मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जाअर्सद बेग सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...