संसद् विघटनको प्रस्तावलाई समर्थन गरौं : अध्यक्ष महर



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको पनि उहाँले बताउनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूह महाभियोग र अविश्वासको प्रस्तावका लागि अघि बढेपछि ओलीले संसद् विघटनको बाध्यकारी कदम चाल्नुपरेको महरको भनाइ छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्नुभएको छ,‘२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरु प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं ।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...