प्रचण्डलाई भेट्न मानेनन् प्रधानमन्त्री ओलीले, गेटबाटै फर्काईदिए



हाम्रो इकोनोमि

 

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने निर्णय गरेका हुन्।

मन्त्रिपरिषदले उक्त निर्णय गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग कुरा गर्न चाहेका थिए।

प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए।

‘उहाँले तपाईं र म कुरा गरौं भन्नुभएको थियो तर प्रधानमन्त्रीले समय दिनुभएन,’ प्रचण्डनिकट स्रोतले भन्यो।

 

प्रचण्ड अहिले पनि बालुवाटारमै छन्।

यसअघि शनिबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली उनको निवास खुमलटारमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...