संसद विघटन गर्नु अधिनायकवाद : कांग्रेस



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छौं।’

प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाउँदै छ। संविधानमा संसद विघटन गर्न सक्ने व्यवस्था छैन।

शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए।

‘स्थितरताको कुरा भ्रमपूर्ण रहेछ। ओलीको कुशासनले देश आक्रान्त थियो,’  उनले भने, ‘राजनीतिक रूपमा हामी यसको कडा प्रतिवाद गर्छौं।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...