ओलीसँग एकता नगर्न प्रचण्डलाई माधव नेपालको दबाब



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नगराउन वरिष्ठ नेता माधवकुमार नेपाल खुलेर लागेको खुलासा भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली सहमति बनाउन दिनभर सक्रिय भएपनि त्यो सार्थक बन्न नसकेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली दुई वर्षपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निवास खुमलटार पुगेका थाहा पाउने वित्तिकै नेता नेपाल पनि पुग्नु भएको थियो । तर, प्रधानमन्त्री ओली बाहिरिएपछि पुग्नु भएका नेता नेपालले कुनै पनि हालतमा ओलीसँग नमिल्न आग्रह गर्नुभएको थियो ।

दुई अध्यक्षबीचको वार्तामा ढिलो गरी पुग्नु भएका उपाध्यक्ष बामदेव गौतम भने खुमलटारबाट निस्केपछि मोबाइल स्वीच अफ गरेर बस्नु भएको छ । प्रचण्डले ओलीसँग भेट भएलगत्तै माधव नेपाललाई सबै जानकारी गराउनु भएको थियो । प्रचण्ड कुनै सहमति गरेर फेरि ओलीसँगै मिल्छन् कि भन्ने आशंका माधव नेपाल पक्षमा अझै पनि कायमै छ ।

सचिवालयका नेता बामदेव गौतम, रामबहादुर थापा बादल, विष्णु पौडेल मात्र होइन स्थायी कमिटीका आफ्नो समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई समेत दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर सहमतिको प्रस्ताव लैजान क्रियाशील रहेकाले पनि नेपाल आफु नेकपामा एक्लिने हो कि भन्ने त्रासमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...