१८ सिडिओहरूको हेरफेर, को-कहाँ (सूचीसहित)



 

मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन्। गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ।

ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ। गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ।

धनकुटामा गृहबाट बासुदेव दाहाल गएका छन्। रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालय सरूवा भएको छ।

यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ। पाँचथरमा सहसचिव पठाउँदै आएकोमा यसपटक गृह मन्त्रालयबाट उपसचिवलाई नै प्रजिअ तोकेर पठाइएको हो।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख