अध्यादेश सम्बन्धी रिटमा आज सुनुवाई नहुने



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रहेका ती दुबै रिट शुक्रबार हेर्न नभ्याइने उल्लेख गरिएको छ ।

सरकारले संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित हाल कायम रहेका बहुमत सदस्यको सहभागितामा बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीले रिट लिएर सर्वोच्च पुगेका थिए ।उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...