सभामुखको मुद्दा सुनुवाई नहुने, के हो सापकोटाको मुद्दा ?



हाम्रो इकोनोमि

 

सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने  भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

के हो सापकोटाको मुद्दा ?

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै परेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय ग¥यो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...