ओलीले देलान् त वामदेव गौतमलाई प्रधानमन्त्री ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रधानमन्त्रीको ललीपप वामदेव गौतमलाई फेरि देखाएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेजोबध गर्न सचिवालयमा बहुमत देखाउनका लागि गौतमलाई यसअघि ओलीले पटक पटक प्रधानमन्त्रीको आश्वासन दिएका थिए ।

प्रतिनिधिसभामा पराजीत ब्यक्तिलाई  प्रधानमन्त्री बनाउने ब्यवस्था संविधानमा नभए पनि उनले पटक पटक वामदेवलाई ललीपप देखाउने गरेका छन् । पार्टीको निर्देशन अनुसार सरकार संचालन नगरी एक्लौटी ढंगले चलेका ओलीले बुधबारको स्थायी समिति बैठकमा पनि गौतमलाई पुनः एकपटक प्रधानमन्त्रीको ललीपप बाँडेका छन् । पार्टीले फागुनमै निर्णय गरेर राष्ट्रियसभामा पठाउने निर्णय त कार्यान्वयन नगरेका ओलीले बुधबार प्रधानमन्त्रीको ललीपप गौतमलाई देखाएका हुन् ।

पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा अल्पमतमा परेका ओलीले संविधानमै नभएको प्रधानमन्त्री पदको प्रलोभनमा पछिल्ला दिनमा गौतम पर्न छाडेका छन् । राष्ट्रियसभाको सदस्य पद त अदालतमा रिट हाल्न लगाएर निल्नु न ओकल्नु पारिएका गौतम ओलीका कुनै पनि आश्वासनमा विश्वास नगर्ने अवस्थामा पुगेका छन् । गौतमलाई सुरुमा डोल्पाबाट चुनाव लडाउने, कास्कीबाट उम्मेदवार बनाउने आश्वासन दिने गरियो । तर डोल्पा र कास्कीमा मात्र होइन, काठमाडौंको ५ नम्बर क्षेत्रमा समेत गौतमका बिरुद्ध कार्यकर्ता पंक्ति भड्काउने काम सरकारबाटै भएको कुरा गौतमले थाहा पाए ।

पार्टीमा प्रचण्ड र गौतमलाई उपयोग गर्दैआएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्ना दूत शंकर पोखरेलमार्फत् बरिष्ट नेता झलनाथ खनाललाई पार्टीको महाधिवेशन आयोजनक समितिको संयोजकको आश्वासन पनि दिएका थिए । तर खनालले पनि ओलीको आश्वासनमा विश्वास गरेनन् । बरिष्ठ नेताको मर्यादामा पनि कहिले माधव नेपाल त कहिले झलनाथलाई तलमाथि पारी भिडाउँदै आएका ओलीले संविधानमै ब्यवस्था नभएको प्रधानमन्त्री पद गौतमलाई दिए पनि उनीबिरुद्धको मोर्चाबन्दी खुकुलो होइन,झन कसिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...