ओली-प्रचण्डबीच पाँच बुँदे सहमति, नेपालले भने यो गतल भो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको सहमतिप्रति असन्तुष्टि जनाउनु भएको छ । दुई अध्यक्षबीचको सहमतिपछि बुधवार बसेको स्थायी कमिटी बैठकमै नेता नेपालले सहमतिको कुरा सुन्दा सुन्दा वाक्क भइसकें भन्दै असन्तुष्टि जनाउनु भएको हो ।
बरिष्ठ नेता नेपालाको योजना मनोनीत केन्द्रीय कमिटीको बहुमतबाटै अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीलाई हटाएर ओली पक्षधर सवै नेता कार्यकर्तालाई पार्टीबाट निकाल्नुपर्ने रहेको छ । ओली र ओली पक्षधरलाई चपरी मुनी पनि ठाउँ दिनुहुन्न भन्दै दैनिक कोटेश्वरमा गर्जने नेता नेपाल बुधवार फेरि दुई अध्यक्षबीच चार बुँदे सहमति भएपछि भत्काउन लागि पर्नुभएको छ । उहाँले यही योजनाअनुसार प्रचण्डलाई सहमतिबाट पछि हटन र ओलीमाथि कार्वाही गर्न धम्की दिनुभएको स्रोतले बतायो । स्थायी समितिका बरिष्ठ नेता नेपालको असन्तुष्टि उल्लेख गर्दै एक सदस्यले भने, ‘यो सहमति सहमति सुन्दा सुन्दा म त वाक्क भइसके, फेरि के को सहमति ?’
लामो रस्साकस्सीपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधवार नयाँ सहमति भएको थियो । दुई अध्यक्षबीच प्रचण्डको अभियोग पत्रमा छलफल नचल्ने, संवैधानिक परिषद् सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेशन बोलाउन गरिएको हस्ताक्षर क्याम्पियन स्थगित गर्ने, आगामी बैठकमा अध्यक्षको तर्फबाट संयुक्त प्रस्ताव लैजाने सहमति भएको हो । सो सहमतिका बारेमा दुवै अध्यक्षले आफू निकट स्थायी कमिटी सदस्यहरुलाई समेत जानकारी गराउनु भएको छ ।
यसअघि अध्यक्ष प्रचण्डले गत २८ कात्तिकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्नुभएको थियो भने उक्त प्रतिवेदनलाई ‘काउन्टर’दिने गरी ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन पेश गर्नुभएको थियो । ती दुई प्रतिवेदनलाई स्थगित गरी सहमतिमा नयां प्रस्ताव तयार गर्ने विषयमा दुवै अध्यक्ष सहमत हुनुभएको हो । यस्तै सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ ।
सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ । पुसष ५ गते बस्ने भनिएको केन्द्रीय समतिको बैठक पुष १० गते बस्ने समेत बुधबार सम्पन्न स्थायी समितिले निर्णय गरेको छ । सो बैठकमा सहमतिको प्रतिवेदन लैजाने सहमति ओली प्रचण्डबीच भएको हो ।


