पार्टीले भन्दावित्तिकै अध्यादेश फिर्ता हुँदैन : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको भन्दै त्यसलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् ।  उक्त अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै पोखरेलले भने, ‘अध्यादेशको लागि अध्यादेश थिएन, संविधानलाई अपदस्थ गर्न ल्याउने कुरा थिएन । संवैधानिक अध्यादेशलाई पुस १ गतेको तारतम्यसँग कसैले जोड्छ भने त्यो बेकारको कुरा हो ।’

दुई वर्ष १० महिनादेखि रिक्त संवैधानिक निकायहरुमा नियुक्ति नहुँदा राज्य सन्चालनमा असर परेको भन्दै उनले त्यसलाई दुर्भाग्य भने । यद्यपि निकट भविष्यमै रिक्त पदहरुमा नियुक्त हुने उनले बताए ।

मन्त्रीहरुलाई समेत थाहा नदिई भूमिगत शैलीमा अध्यादेश जारी गर्ने निर्णयबारे सोधिएको प्रश्नको जवाफ भने उनले दिएनन् । ‘कार्यसम्पादन गर्ने कुरामा कहाँ–कहाँ टाँण पर्यो त्यता म जान्न, त्यो हुन पनि सक्ला, त्यो छोड्दिनुस्,’ पोखरेलले भने, ‘संविधानको किटानी व्यवस्थाअनुसार अध्यादेश हुन्छ, त्यही संविधानको जगमा टेकेर अध्यादेश ल्याउने कुरालाई गल्ती थियो, गल्ती गर्यो भन्न सकिन्छ ?’

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा परिषदको बैठकमा सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको आधारमा निर्णय गर्न सकिने गरी राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए । त्यसको पार्टीभित्र र बाहिरबाट पनि विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।

‘ओली र प्रचण्डको पत्रमा छलफल जरुरी छैन’

पोखरेलले ओली र प्रचण्ड दुवैका पत्रबारे पार्टी कमिटीमा छलफल जरुरी नभएको बताए । अब नयाँ सहमतिको प्रस्तावमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

ओली–प्रचण्डको ‘पत्रयुद्ध’बारे सोधिएको प्रश्नमा पोखरेलले भने, ‘ती दुवै दस्तावेजहरुलाई रिफरेन्स म्याटरको रुपमा हेर्न सकिने भयो, पढ्न सकिने भयो, मनन गर्न सकिने भयो, त्यसलाई थन्काउन सकिने भयो । …प्रतिवेदन भनौं वा अभियोग पत्र, अब त्यसमा आधारित भएर छलफल गर्न आवश्यक छैन । अब कुन किसिमले जाने भनेर सहमतिको प्रस्ताव तयार गर्नुपर्छ, त्यही सहमतिको प्रस्तावमा अगाडि बढ्नुपर्छ ।’ सहमतिको प्रस्ताव बनाउने स्पिरिटमा स्थायी कमिटीका सम्पूर्ण सदस्यहरु लाग्ने उनको विश्वास छ ।

कुनै पनि निर्णय बहुमत अल्पमतको आधारमा गर्न नहुने बताउँदै पोखरेलले आगामी महाधिवेशनसम्मै सहमतिको आधारमा जानुपर्ने बताए । उनले भने, ‘बहुमत अल्पमतको आधारमा निर्णय गरियो भने हाम्रो एकताको स्पिरिटअनुसार पार्टी जान सक्दैन । पार्टीका आधारभूत कुराहरुमा, महत्वपूर्ण कुराहरुमा मतामतबाट जानु हुँदैन, महाधिवेशनसम्म सहमतिकै आधारमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...