संसदीय दलमा ओली एक्लैको स्पष्ट बहुमत



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट बहुमत रहेको पुष्टि इत्तर खेमाकै सांसदले पुष्टि गरेका छन् । नेकपाको प्रतिनिधिसभामा १७४ सांसद रहेका छन् ।

संसदको विशेष अधिवेशन बोलाउन भन्दै शितल निवास अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद पुगेको समाचारहरु आईरहेको छ । यद्यपी समाचार पनि शुरुवाति रुपमा स्रोत भन्दै आएका छन् । भिम रावल र पम्फा भुषाल त्यहा पुगेको सो खेमाका पक्षमा समाचार लेख्दै आएका अनलाइन पोर्टलहरुले बताएका छन् ।

उनिहरुले नै टिपाएर आएको समाचारमा उल्लेख गरेको कुरा मान्ने हो भने पनि ओलीसँग संसदीय दलमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । उनिहरुले ८० भन्दा बढि सांसदको हस्ताक्षर गरेको बताएका छन् । ८० भन्दा बढि भनेपनि त्यो संख्या ६५ देखि ७० को आसपासमा हुने उनिहरुकै स्रोत भन्छ । बहुमत भए उनिहरुले स्पष्ट रुपमा आफुहरु यति सांसदको हस्ताक्षर लिएर आएको भन्ने थिए । बहुमत नपुगेपछि ८० भन्दा बढि सांसद मात्र भनेका छन् ।

१७४ सांसदमध्ये बहुमत पुग्नका लागि ८८ सांसदको आवश्यकता पर्दछ । राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको हस्ताक्षर पनि अहिलेको नभएको खुल्न आएको छ । विगतमै ओलीलाई हटाउने अभियानका क्रममा हस्ताक्षर संकलन गरेर राखिएकालाई ‘दुरुपयोग’ गरेको स्रोतको भनाई छ । संसद अधिवेशन पुष १७ अगावै बस्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सरकारले सो अनुसार बैठक आव्हान गर्ने तयारी पनि गरिरहेको एक मन्त्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...