अब दल विभाजन सम्बन्धी अध्यादेश पनि आउँछ



हाम्रो इकोनोमि

 

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै देशको राजनीतिक परिवेशमा ठूलो हलचलको संकेत देखिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सत्तारुढ नेकपामा देखिएको विवादले चरम रुप लिने अवस्था बनेको छ ।

परिषद्सम्बन्धी अध्यादेशको नेकपाका प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली इतरका नेताहरुले प्रष्ट रुपमा विरोध जनाएका छन् । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उक्त अध्यादेश तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।

यस्तै सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठले विरोध जनाएका छन् । यस्तै भीम रावल, जनार्दन शर्मालगायतका नेताहरुले पनि फिर्ता लिन माग गर्दै विरोध जनाएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यादेशको विरोध गरेको छ । सभापति देउवाले परिषद्को बैठकमा नजाने निर्णय गरेका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश सर्वसत्तावाद र निरङ्कुशताको सुरुवात भएको बताएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले अध्यादेशमार्फत यो सरकार र यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली अधिनायकवाद तर्फ अग्रसर बनेको प्रमाणित भएको बताएका छन् ।

यससँगै अध्यादेशले नेकपामा देखिएको विवादलाई थप गहिरो बनाएको छ । नेकपामा ओली इतरका नेता तथा कार्यकर्ताले अब दल विभाजनको अध्यादेश पनि पुनः आउने आँकलन गरेका छन् ।

परिषद्सम्बन्धी अध्यदेशले अब भोलिका लागि डाकिएको नेकपा स्थायी समिति बैठकमा पनि हलचल मच्चाउने संकेत देखिएको छ । जसको तयारीमा ओली इतरका सचिवालय र स्थायी समितिका नेताहरुको भेटघाट सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...