प्रचण्डको आदेशबिना केही काम गर्दिन्न : सभामुख सापकोटा



हाम्रो इकोनोमि

 

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय इतिहासमै कालो धब्बा पोत्नुभएको छ । संबिधानअनुसार चल्नुको साटो आफ्ना युद्ध कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेश नै संबिधान भन्ने निर्णयका साथ सभामुख सापकोटा संबैधानिक परिषदको बैठक बहिष्कार गरी लोकतन्त्र र संसदीय इतिहासमै कालो धब्बा बन्नु भएको हो ।

संबैधानिक परिषदका अध्यक्षका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संबैधानिक परिषदको बैठक सभामुख सापकोटाले प्रचण्डको आदेशमा बहिष्कार गर्नुभएको छ । सभामुख कुनै दलको सदस्य हुन नहुने संबैधानिक प्रावधानअनुसार निर्वाचित भएलगत्तै सापकोटाले नेकपाको स्थायी कमिटी सदस्इबाट राजीनामा दिनुभएको थियो । सभामुख दलको सदस्य हुन नमिल्ने, स्वतन्त्र हुनुपर्ने भएकै कारण पार्टी जिम्मेवारीबाट मुक्त हुनुभएका सभामुख सापकोटा आजबाट नेकपाको प्रचण्ड–माधव नेपाल समुहको सदस्यका रुपमा आफूलाई परिचित गराउनु भएको छ ।

संबैधानिक परिषदको बैठकमा उहाँले गुटले नजा भनेपछि कसरी सहभागी हुने भन्दै बहिष्कार गर्नुभएको छ । उहाँलाई नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले संबैधानिक परिषदको बैठकमा नजान आदेश दिनुभएको थियो । सोही आदेशअनुसार सभामुख सापकोटाले आजको बैठक बहिष्कार गर्नुभएको हो । बिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा सहभागी हुँदा नेकपाबाटै उम्मेद्वार बनेर सभामुख निर्वाचित सापकोटा भने आफ्नो गुटको कारण बहिष्कारको निर्णयमा पुग्नुभएको हो । संसदीय इतिहासमा आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री हुँदा सभामुखले संबैधानिक परिषदको बैठक बहिष्कार गरेको संभवत यो नै पहिलो पटक हो ।

बैठक बहिष्कार गरेको बिषयमा केही सांसदहरुले सभामुख सापकोटासँग जिज्ञासा गर्दा ‘प्रचण्डको आदेशबिना केही काम नगर्ने’ निर्णय सुनाउनु भएको छ । ‘सिएम (प्रचण्ड) को आदेशबिना मबाट केही हुन्छ र ? यो सभामुख पद त उहाँले दिलाएको हो, संबिधानले होइन, त्यसैले नजानु भन्ने आदेश आयो, गईंन,’ सभामुखसँग जानकारी माग्दा पाएको जवाफ उधृत गर्दै एक सांसदले  भने । ती सांस्दका अनुसार संबिधानले जेसुकै भनेपनि सभामुखको हैसियतमा रहँदा आफूले संसदमा प्रचण्डको आदेशबाहेक केही नमान्ने निर्णयसमेत सनाउनु भएको छ ।

सभामुख सापकोटा गुटको आदेश पालक बनेर बैठक बहिष्कार गरेपछि संबैधानिक निकायमा रिक्त पदमा नियुत्तिःका लागि दोस्रो पटक आज बोलाइएको बैठक पनि बिनानिर्णय टुंगिएको छ । यसअघि आइतवार बोलाइएको बैठक बिपक्षी दलका नेता नआएको कारण स्थगित गरी आज बोलाइएको थियो । आजको बैठक बसे पनि सभामुख सापकोटाले बहिष्कार गरेको कारण बिना निर्णय टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...