प्रधानमन्त्री ओली राजावादीसँग मिलेको देउवाको आरोप



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे ।

सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताए ।

उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उनको आरोप छ । आफूले प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विना शर्त सहयोग हुन्छ भनेको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, तर कोरोनामा पनि भ्रष्टाचार गर्ने काम गरेका छन् ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासम्म अपराधी पक्राउ नपरेको भन्दै उनले भने, शून्य सहनशीलता भन्ने मन्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । उसको पार्टीको मान्छे संलग्नता छैन भने किन पक्राउ गर्दैन ?’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको जोखिम रहेको बेला यसरी जनता भेला गर्ने, दुःख दिन नचाहेको तर बाध्य भएर विरोधसभा गरेको भन्दै क्षमा मागे ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...