सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा प्रदर्शन गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन्।

कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।

भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सरकारविरूद्ध कांग्रेस कार्यकर्ता सडक जाम गरेर प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...