बालुवाटारमा नारायणकाजीविरुद्ध प्रदर्शन, राजीनामा दिन माग



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो ।

स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर बालुवाटार गेटमा प्रदर्शन गरेको हो । उनीहरुले नारायणकाजीलाई पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रवक्ता, राष्ट्रियसभा र सांसद पदबाट पनि राजीनामा दिन प्रदर्शनकारीको माग छ ।

काभ्रेका युवाहरुले नारायणकाजीविरुद्ध प्रदर्शन गरेका हुन् । कमानसिंह लामाको मृत्यु नारायणकाजीको टर्चरका कारण भएको पनि उनीहरुको आरोप छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...