संवैधानिक परिषद् बैठक स्थगित



हाम्रो इकोनोमि

 

विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएका परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा नआउने भएपछि बैठक स्थगित भएको हो । यसअघि पनि देउवाकै अनुपस्थितिका कारण बैठक पटक पटक स्थगित भएको थियो । नेकपाको स्थायी कमिटीको बैठक पनि आजै बालुवाटारमा बस्दैछ ।

नेकपा स्थायी कमिटी बैठकको तयारी तथा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिका कारण संवैधानिक परिषद् बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ । परिषद्को बैठक नबस्दा विभिन्न संवैधानिक निकायमा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...